विवेक पुर्याउन नसकिएको संवैधानिक समावेशीकरण
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको लामो समय बितिसकेपछि मात्र निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक निर्वाचनको परिणाम घोषणा गरि निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र प्रदान गर्यो, कारण संविधानमा समावेशीकरण सम्बन्धी प्रष्ट रुपमा विवेक पुर्याउन नसक्नुको परिणाम हो भन्दा अत्युक्ति नहोला ।नेपालको संविधानले सामाजिक रुपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारु, अल्पसंख्यक, अपाङ्गता भएका ब्यक्ति, सिमान्तकृत, मुस्लिम, पिछडा वर्ग, लैैंङ्गिक