पिता बिरा भारती तथा माता पार्वती देवी भारतीको कोखबाट काँइलो छोराको रुपमा म जन्मे । जव म २ बर्षको भएको थिए, मेरा बुवा आमा भारतको हरिद्वारमा तिर्थ भर्न जाँदा मलाई पनि संगै लग्नु भएछ । केही समय पछी म बिरामी परे । बुवा आमाले स्थानिय धामी झाक्री लगाउनु भएछ, तर केही शिप लागेन । मलाई पोलियो रोग लागेको रहेछ । शुरुमा त मेरा दुबै खुट्टा कम्जोर भएछन । बिस्तारै पछी एउटा खुट्टामा सुधार आएछ  तर अर्को भने जस्ताको तस्तै । त्यसपछि म सदाका लागि शारीरिक रुपमा अपाङ्गता भए । अनेकौं शारीरिक समस्याका बावजुत म पाँच बर्षको हुँदा स्कुल जान लागे । स्कुलमा सरहरुले धेरै माया गर्नु हुन्थ्यो । त्यतिबेला हामी कञ्चनपुरमा बस्ने गर्दथ्यौं र पछि आमा र बुवाको त इको कञ्नचनपुरबाट पहाडको डोटी मै बसाइ सराइ गर्ने सल्लाह भएको रहेछ ।

 म अबोध बालक थिए । मलाई त पहाड भनेको त निकै रमाइलो ठाउँ होला जस्तो लागेको थियो । जब पहाडमा पुगियो, त्यसपछी त मलाई हिंड्न पनि अप्ठ्यारो हुन थाल्यो । मैले पहाडमा एक वर्ष त स्कुल नै जान सकिन । पहाडका डाँडाकाडा देखेर म त छक्क परे । बल्ल दोस्रो वर्ष म घरबाट धेरै टाढा स्कुल जान थाले तर म बिरामी परेका कारण फेरी एक वर्ष घरमै बसे । तेस्रो वर्ष म गाउँ नजिकैको विद्यालयमा पढ्न जान थाले । पाँच कक्षा उतिर्ण भए पछि निमावि तथा मावि शिक्षाका लागि घरबाट निकै टाढा जानु पर्ने भएका कारण फेरी दुई वर्ष मेरो पढाई स्थगित भयो । तेस्रो वर्ष म फेरी त्यहि स्कुलमा कक्षा ६ मा भर्ना भए । म पढाईका साथै बाल क्लबमा पनि सकृय हुन थाले र समाजमा बाल अधिकार सम्बन्धी चेतनाको संबाहक बन्न सफल भए । पछीका मेरा दिनहरुले अर्कै मोड लियो । २०६१ सालमा म जिल्ला बाल क्लब सञ्जाल डोटीको प्रथम संस्थापक अध्यक्ष भए । अनि एक वर्ष पछि २०६२ सालमा डोटीमा अपाङ्ग सेवा संघ नामक संस्था स्थापना गरि त्यसको संस्थापक अध्यक्ष भए र उच्च शिक्षा लाई पनि निरन्तरता दिए । २०६२ सालमै डोटी क्याम्पसबाट स्ववियु सदस्यमा निर्वाचित भए पश्चात मेरो संलग्नता तथा चासो राजनीति क्षेत्रमा समेत जान थाल्यो । पछि २०६६ सालमा डोटीमा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको संस्थापक संयोजक भई काम गरे । त्यसको एक वर्ष पश्चात २०६७ सालमा केन्द्रिय कमिटिको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको छु भने देशभरका अपाङ्गता भएका ब्यक्तिहरुको छाता संस्था राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रिय सदस्य पदमा २०६८ देखि २०७२ सम्म जिम्मेवारी सम्हाली सकेको छु ।

हाल परिवारमा :

आमा ः पार्वती देबी भारती

जेठो दाजु ः दत्तु भारती,  भाउजु ः यज्ञ भारती,  भतिजीहरुः यमुना भारती, दीपा भारती, दुर्गा भारती, भतिजो ः दीलिप भारती

माईलो दाजु ः कृसन भारती, भाउजु ः कलशा भारती, भतिजोः भुवन भारती, भतिजी: करिश्मा भारती

(साँईलो दाजु प्रेम भारतीको स्वर्गारोहण) भाउजुः तुलसी भारती, भतिजीहरु ः बिमला भारती, अञ्जु भारती

म काँईलो ः महादेव भारती, श्रीमति: सिता रायमाझी, छोरी: जीया भारती

कान्छो भाईः शम्भु भारती,  बुहारी लक्ष्मी भारती, छोरा ः सुशिल भारती र छोरी निशा भारती रहेका छन् ।